पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक
नेपाली नाटकको क्षेत्रमा
कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित,
रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८
सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो
प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्ग दर्शनमा
नाटक रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल विशेषता हो । जिउँदा शहिद कृष्ण सेन
इच्छुकको सम्झनामा ‘उनी मरेका छैनन्’ जस्तो जीवन्त नाटक लेखेर ज्वलन्त उदाहरण
बनेका खेम थपलिया बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका साथै प्रगतिवादी स्रष्टा
हुन् । पछिल्लो समयमा प्रकाशित ‘दाना’ लाई आधुनिक नेपाली नाटक क्षेत्रमै
नवीनशैलीको प्रगतिबादी नाटक मान्न सकिन्छ
![]() |
नौँ अङकमा संरचित दाना
नाटकमा १०२ पृष्ठ रहेको छ । आकारगत दृष्टिले यो लघु आकारको नाटक भएपनि वैचारिक
दृटिले सिङ्गो सर्वहारा वर्गको आयतन बोकेको छ । भारतको उडिसा राज्यको कालहाँडीको
सर्वहारा व्यक्ति दाना माझीको श्रीमती अमाङ् देईको अस्पतालमा मृत्यु भएपछि
अस्पतालले अभद्र व्यवहार गरी लास बोक्ने शववाहनसम्म दिएन । अनि त शोकमा डबेुको
दाना माझीले आफ्नी श्रीमतीको लासलाई काँधमा बोकेर घर हिड्दै गर्दाका कारूणिक
दृष्यलाई नाटकले उतारेको छ । पाठकलाई यथार्थ बोध गर्न हम्मे हम्मे पर्ने उक्त
नाटकमा उल्लेखित दाना माझीको घटना ह्रदयविदारक र मानव सभ्यताकै दुष्कलङ्क हो । आम
जनताले पाउने शवबाहनको सुविधा दानाले पाएनन् । उनीसँग पैसा थिएन अस्पतालले एकछिन
पनि शव अड्याउन दिएन । अस्पताल प्रशासनले जति रोइकराइ गरेपनि शबवाहन उपलब्ध
नगराएकाले दाना कठोर भएर आफ्नै छात्तिमा मुड्की बजार्न पुग्छन् । उनकी नाबालक
छोरीमा परेको मातृ वियोगको कारूणिक दृष्यले पाठकको मन रूवाइदिन्छ । दानाले जब अमाङ
देईको लास उठाएर काँधमा हाले तब सिङगो भारतको गणतन्त्रमा दाग लाग्यो । घटना घटेको
चौबीस घण्टाभित्रमा उक्त विषय संचारमाध्यममा छायो अनि बल्ल एक्काइसौँ शताब्दीको
भारतीय साम्राज्यवादको जरो हल्लियो । यसैमा नाटककारले नाटकको भूमिकामा जोडेको प्रसङ्ग
पनि महत्वपूर्ण छ , अर्का दशरथ
माझीले पनि बाटोको अभावमा श्रीमतीको मृत्यु हुँदा बाइस वर्षसम्म पहाड फोडेर चालीस
किलोमिटरको बाटो बनाएका थिए । यसरी समय समयमा जन्मिने माझीहरूका साहस र कदमले
शासकहरूको समेत साँख झरेको महसुस गर्न पाइन्छ । स्वयम् अस्पतालबाट लासलाई उठाएर
काँधमा राख्ने बेला माझीले भनेका वाक्यले भारतमा मात्र होइन विश्वका जुसुकै
पुजीँवादमा मानवताको खडेरी देखिन्छ । उनले अस्पताललाई मूर्दाघाट भनेका छन् ।
“यहाँका मानिसहरू मूर्दा हुन् ; केवल मूर्दा । यहाँ अमाङ देई मात्र मरेको होइन,
मानवता नै मरिसकेछ ” (पृ. ३४) ।
नाटकको पहिलो दृष्यमा
नाटकारले भारतका पुँजीपति दलालले कसरी सर्वहारा वर्गको श्रम शोषण गरिरहेछन् भन्ने
स्पष्ट गर्नका लागि दाना र उनकी श्रीमतीमाथि मालिकको ज्यादतीलाई देखाउने प्रयास
गरेका छन् । यसले पुँजीपति दलालको अहङ्कारमा ठेस पुग्नुपर्ने हो । उनलाई मजबुरीमा
ठग्ने मालिक अर्थात् सत्तावालाहरू भारतमा मात्र होइन् विश्वका कैयौँ मुलुकमा अवशान
छन् तिनका कारण यसरी नै कैँयौँ दानाहरू प्रताडित भएका छन् । लाखौँ दानाका अधिकारको
हनन गरिएका छन् । दाना र चौलाको कारूणिक दृष्यले शाककद्वारा पागल बनाइएको पात्रको
ध्यान खिचेको छ । आफूलाई पागल घोषण गर्ने उक्त व्यक्तिले उनीहरूलाई लास लिएर नबस्न
हिडिहाल्न सुझाब दिएको छ, व्यङ्य गर्दै
भनेको छ “मालिक आएर तिमीलाई पागल
घोषण गरिदिन सक्छ तिमीलाई लास बोक्न बाध्य पार्ने तिनै ठूला पागल हुन्” (पृ.८८) । बाह्र बाह्र किलोमिटरसम्म
श्रीमतीको लास बोकेर थकित दानालाई देख्दा लाग्छ उनले सिङ्गो भारतरूपी लासलाई
बोकिरहेछन् । भारतले उनको पसिना र सङघर्षशील जीवनको अपहेलना गरिरहेको छ । नाटकको
आठौँ दृष्यमा पुग्दा नाटकले चरम अवस्था चुम्दै गरेको छ । यसमा दानाको निकै कारूणिक
अवस्था देख्न सकिन्छ । जसमा थपलियाले रङ्गरोगन र काल्पनिकताको पहाड चढ्नु परेको
छैन दाना स्वयम् उपस्थित छन् । संचार माध्यमले उनलाई ह्वात्तै उठाइदिएको छ । दाना
विश्वकै सर्वहार वर्गको प्रतिनिधि पात्र हो भने उसका परिवारको कारुणिक अवस्था संसारभरका
मजदुर वर्गकै कारूणिक अवस्था हो ।
दानालाई दुई अङ्कका लागि
नाटककारले नेपथ्यमा राखेका छन् । नयाँ ढङ्गले नाटकमा विषयवस्तुलाई प्रस्तुत गरिएको
छ । दानाको लासलाई गाउँसम्म पु¥याउनमा संचार
माध्यमको ठूलो हात रहेको छ । जसका कारण बहराइनका प्रधानमन्त्रीको ध्यानाकर्षण भएको
छ उनले भारतीय प्रधानमन्त्रलाई फोन गरेर दानालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका
छन् । यसले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको अहमतामा ठेस पुगेको महसुस गर्न
सकिन्छ । यसकै सवालमा दृष्य सातमा भारतका सचेत नागरिकले छलफल गरेका छन् । उनीहरूले
संचार माध्यमलाई धन्यवाद दिदै बहराइनका पिएमको कदमको तारिफ गरेका छन् । मोदीको
चुनावी नारा र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरूले यो दानाको मात्र समस्या
नभई उडिसा लगायतका भारतराज्यका सम्पूर्ण आदिवासीको समस्या भएको मोदीको सिङगे
भारतको विकासे नीतिप्रति खिल्ली उडेको निष्कर्षमा यो छलफल पुगेको छ भने अन्त्यमा
दानाको सहयोग गर्नुपर्छ भन्नेमा सबैको सहमत रहेको छ ।
दानालाई लास बोक्न बाध्य
पार्ने प्रत्यक्ष रूपमा अस्पतालको प्रशासन देखिए पनि यसमा भारतको पुजीवाद पोषक
तत्व हो । अस्पतालको तत्कालीन अहमता भारतको लाचारी र विभेदपूर्ण शासन व्यवस्था हो
। सीमान्तकृतका समस्यामाथि ध्यान केन्द्रित हुन नसक्नु हो । नाटकमा विभिन्न
विश्लेषकका भनाइलाई हेर्दा नेपाल लगायत मुलुकमा एम्बुलेन्स बाँडेर दाता बन्ने
भारतले आफ्नो नागरिकलाई यसरी हेपेको देख्दा यस घटनाले विद्रोहको आगो सल्काइदिएको छ
।
नोपालमा पनि यो घटनाले
निकै तहल्का पिटेको छ । नेपालका विभिन्न संचार माध्यमले दानाको खबरलाई प्राथमिकता
दिइरहेछन् यसै क्रममा काठमाडौँको एउटा अनलाइन पत्रिकाको कार्ययमा युवाहरू बीच छलफल
चलेको प्रसङ्ग नाटककारले अवगत गराएका छन् । आफ्नो देशका जनताको अधिकारको रक्षा
गर्न नसक्ने अर्काको देशको स्वतन्त्रतामाथि धावा बोल्ने भारतप्रति युवाहरूको
आक्रोस रहेको छ ।
नाटकको घटना र विषय
प्रसङ्अनुसार नाटककारले गतिबादी कवि निभा शाहको कवितालाई जोडेका छन् नाटकमा यसलई
नवीन शैलीको प्रयोग मान्न सकिन्छ ।……उज्यालो आफ्नो नहुनेको दुनियाँ बदलिदैन मनसरा । पृ. ७६
निभा शाहको यो कविताले नेपालको सामन्ती व्यवस्थालाई सजिलै मनन गर्न सकिन्छ । गाउँलेको सहयोगमा शववाहन आउँदा नेपथ्यमा पुनः यो कविताको स्वर सुनिएको छ ।
अब आइमाईहरूले
देउता पोलेर खानुपर्छ
जसरी देउताहरू आइमाई
पोलेर खान्छन्
हो, ठीक त्यसरी नै
अब आइमाईहरूले देउता
पोलेर खानुपर्छ ‘दैया’ (पृ. ७८)
नाटको अन्तिम दृष्यमा
प्रमखु पात्र दाना र चौलाको विचारले नाटकमा शसक्तता प्रधान गरेको छ । उनीहरूले
अमाङ्को शोक सभामा सभ्य, शालीन र सरल
तरिकाले आफ्नो भनाइ राखेका छन् । यसमा दानाको धैर्यता देखिन्छ । दानाको विचारलाई
स्थान दिएर यो सन्देश विश्वभर फैलाउन खोज्नु नाटककारको शसक्तता हो यसले नाटक जीवीत
बन्न पुगेको छ । यहाँनेर नाटककार सर्वहारा वर्गको आवाज बुलन्द गर्न सफल भएका छन् ।
अझ उनको अर्काे नयाँ शैली के देखियो भने नाटकको अन्त्यमा नेपथ्यबाट बोलिएका शसक्त
विचार महत्वपूर्ण छन् । यो पनि नाटको नवीनपन हो । नाटकमा पर्दाभित्रका दृष्य र
मञ्चीय पात्रहरू ओझेल पर्दै जाँदा नाटककार नेपथ्यमा स्वयम् उपस्थित भएर सिङ्गो
नाटकभित्रको विषयवस्तुप्रति गम्भीर हुँदै भारतीय आदिवासी जनजाति तथा पिछडिएका
वर्गका समस्या उजागर गरिरहेछन् । यस्तो अवस्थाप्रति भारतको अहमता गिरेको लज्जाबोध
गराइरहेछन् । यसले नेपालका पुँजीपनि दलालको मनमा पनि चस्का ल्याइदिन्छ । विश्वका
पुँजीवादप्रति आक्रोस पोखिरहेछन् । भारतीय साम्राज्यवादको बर्बरतामाथि कलम चलाउनु
थप साहस हो भने संचारमाध्यमबाट आएर सेलाइसकेका घटनाले पुनः नाटकमार्फत तातेर
साम्राज्यवादलाई दबाब छोड्न सहयोग गरेका छन् । देशका सर्वहारा वर्गका पक्षमा कलम
चलाएर देश फेर्ने साहस गर्ने सम्पूर्ण सचेत युवा वर्गका लागि यो नाटक थप स्कुलिङ्ग
हो ।
अन्त्यमा दाना माझी
काल्पनिक र औसत पात्र होइन । दाना माझीले शोकलाई शक्तिमा बदल्न गरेको साहसलाई
विभिन्न ढङ्गले संचार माध्यमले स्थान दियो जसमा दाना माझीसँगका प्रत्यक्ष
अन्र्तवार्ता, विचारगत लेख आलेख
आदिलाई नाटककारले यस नाटकको विषयवस्तु बनाएका छन् । विभिन्न नेपाली संचार माध्यम
अनलाइन पत्रिका आदिका दानासँग सम्बन्धित आदिकारिक धारणा र समाचार विश्लेषण नै यस
नाटकमा जीवन्त बनेर आएका छन् । नाटककारले काल्पनिक पात्र खोजेर हिड्नुपरेको छैन् ।
भाषा संक्षिप्त हुँदाहुँदै पनि भाषिक शुद्धतामा केही कमजोरी देखिन्छ । नाटकलाई
तन्काएर बृहत आकारको बनाउन सकिन्थ्यो यसमा लेखकको ध्यान नपुगेको हो कि ?
प्रतिक्रिया दिनुहोस