सहिदका सपना जिउँदै छ । जनताको आमूल परिवर्तनको आकाङ्क्षा रातै, तातै र ताजै छन्

 



माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि सुखानीका सहिदहरूको बलिदानलाई जोडेर सहिद सप्ताहका रूपमा सुरुआत गरेको सन्दर्भमा तत्कालीन माओवादी पार्टीले झापा विद्रोह नेपालको कम्युनिट आन्दोलनको मह
Œवपूर्ण र ऐतिहासिक घटना क्रमको रूपमा चित्रण गर्दै आफ्नो दस्ताबेजमा यसरी भनेको थियो, ‘झापा विद्रोह नेपाली क्रान्तिको एउटा कोशेढुङ्गा हो, त्यसलाई हामीले जनयुद्धको माध्यमबाट त्यसका लक्ष्य र उद्देश्यहरूलाई जोडेर नेपाली क्रान्तिलाई विजयको सन्निकट पु¥याएका छौँ । अब नेपाली क्रान्ति केही समयमै विजयी बन्नेछ र झापा विद्रोहको सपनासमेत पूरा हुनेछ । सहिदको रगत र जनयुद्धका क्रममा पोखिएको रगत र बलिदान दिएका सहिदको सपना पूरा गर्नु आम क्रान्तिकारीहरूको दायित्व हो ।’ माओवादीले आफ्नो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७) मार्फत दस्तावेजमै लिपिबद्ध गरेको भए पनि २०५४ सालबाटै सहिद सप्ताह मनाउन थालिएको थियो ।
सहिदहरूको त्याग, बलिदान, वीरता तथा शौर्यलाई आत्मसात् गर्दै आमूल परिवर्तन र मुक्तिका खातिर प्रेरणा स्वरूप मनाउन सुरु गरिएको सहिद सप्ताहले साँच्चै क्रान्तिकारी कडीलाई नयाँ ढङ्गले जोड्न मद्दत पुगेको छ । सुखानीको वीरता अनि जनयुद्धभित्रको अदम्य साहसलाई बलिदान सप्ताहले लिपिबद्ध गरेको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादत दिन फागुन १४ गते र झापा आन्दोलनका क्रममा सहादत प्राप्त झापाका अग्रणी योद्धालाई मारिएको फागुन २१ गतेको सुखानी हत्याकाण्डको दिनलाई जोडेर सहिद सप्ताहका रूपमा मनाउँदै आएको ऐतिहासिक सन्दर्भ हामी सबैका लागि विशेष र मननीय रहेको छ । नेपालका सबै क्रान्ति, सङ्घर्ष र बलिदानको कडीलाई जोड्ने आमूल परिवर्तन, अग्रगमन, जनताको मुक्ति र परिवर्तनप्रतिको चाहनालाई आत्मसात गर्नका लागि सहिद सप्ताह महŒवपूर्ण, औचित्यपूर्ण र मर्मयुक्त छ ।
 

सहिदका सपना जिउँदै छ । जनताको आमूल परिवर्तनको आकाङ्क्षा रातै
, तातै र ताजै छन् । विचार, बलिदान, विश्वास र रूपान्तरणलाई तिलाञ्जली दिएर वैदेशिक शक्तिसामु लम्पसार पर्नेहरूलाई सहिदको नाम मात्र लिने पनि कुनै अधिकार छैन र हुँदैन पनि । आज पनि सहिद परिवार अत्यन्तै कष्टकर जिन्दगी जिउन बाध्य छन् । तिनका आफन्तले देखेको आमूल परिवर्तनको सपना कुहिरोको काग जस्तै बनेको छ । सहिद परिवार भनिरहेका छन्– सहिद हुने त सहिद भएर गइहाले तर सहिदका परिवारलाई हेर्ने तिनको दुःख सुखमा साथ दिने काम कोही कसैबाट भएन ! देशमा सामन्ती राजतन्त्रको अन्त्य, एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीको विरुद्ध आफ्नो जिउज्यान आहुति दिने सहिद तथा तिनका परिवारमाथि राज्यले उचित व्यवहार गरेको छैन । जनयुद्धका सहिदको बलिदानलाई न्यून मूल्याङ्कन गर्ने, तिनको बलिदानको खिल्ली उडाउने कामप्रति गम्भीर आपत्ति छ । सहिदहरूको बलिदान खेर जान दिनुहुन्न । सहिदका सपना पूरा गर्न जस्तोसुकै त्याग गर्न तयार हुनुपर्दछ । सहिद परिवारका अवमूल्यन गर्ने, तिनका सपना खण्डित गर्ने, परिवर्तनलाई स्वीकार नगर्नेहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । यस विषयमा हामी गम्भीर भएका छौँ । 
 
जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुँदैन, तबसम्म जनताको मुक्ति हुँदैन । जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अगि बढिरहन आवश्यक छ । सहिदी मूल्यको अर्थ देश र जनताका निम्ति सहिद भएर मर्न चाहन्छु, कहिल्यै पनि गद्दार हुनेछैन भन्ने प्रतिबद्धता व्यक्त गर्ने सन्दर्भ पनि हो । यही भावधारामा डुबुल्किँदै नेपालका क्रान्तिकारी कम्युनिस्टहरू आवेग र विवेकको द्वन्द्वात्मक स्थितिको ख्याल गरेर आफ्नो लक्ष्यमा पुग्न सक्छन् । सहिदी मूल्यलाई आत्मसात् नगरीकन हामीले महान् सहिदले देखेको सपना पूरा गर्न सक्तैनौँ । क्रान्तिकारी विचार, क्रान्तिकारी कार्यदिशा र क्रान्तिलाई केन्द्रमा राखेर अगि बढ्नु आजको आवश्यकता हो । नेपालमा सबै किसिमका वर्गसङ्घर्षमा सहादत प्राप्त गरेका सहिदहरूका मूल्य जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरूको मूल्यमा सङ्केन्द्रित भएका छन् ।
 देश र जनताका विरुद्ध भइरहेका अनेकन् षड्यन्त्रका विरुद्ध फेरि पनि जनताको सङ्घर्षको आवश्यकता देखा पर्दै छ । सत्ताले सांस्कृतिक सहिद हर्ष, मस्त, चुनु र च्याङ्बाहरूको सारङ्गीका तारसँगै चुँडे पनि, उहाँहरूको भौतिक जीवन छिनाएर लगे पनि हामीले कुनै पनि हालतमा उहाँहरूले लिएको बाटो भुल्नुहुँदैन । सहिद अङ्कित तारा आकासमा झलमलाउँछन् । सहिदका सपना केही समय अधुरा पनि हुन सक्छन्, केही नेताले धोका दिन पनि सक्छन् तर पनि क्रान्तिको प्रवाह रोकिँदैन । हामीले क्रान्तिको सामूहिकीकरणको चरित्रमा सहिदी मूल्यको ऊध्र्वगामी दिशा पक्रिनुपर्दछ । क्रान्तिको ऊध्र्वगामितामा सहिदीमूल्य रहेको हुन्छ 
Powered by Blogger.